दफा १८
अभिलेख राख्नु पर्ने
(१) स्थानीय तहले यस ऐन बमोजिम वितरण गरेको सामाजिक सुरक्षाको अभिलेख तोकिएको ढाँचामा राख्नु पर्नेछ।
(२) स्थानीय तहले सामाजिक सुरक्षा वितरण गरेको विवरण तोकिएको ढाँचा र समयावधिभित्र नेपाल सरकारको सम्बन्धित निकायमा पठाउनु पर्नेछ।
(३) उपदफा (१) बमोजिमको अभिलेख व्यवस्थापन सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।